
काठमाडौं । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ ।
मोदीसँगको भेटवार्तापछि दिल्लीस्थित हैदराबाद होम्समा आज संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको हो ।
‘मैले नेपाल भ्रमणका लागि प्रधानमन्त्री मोदी जीलाई निम्तो दिइसकेको छु’ प्रचण्डले भन्नुभयो,‘म उहाँलाई नेपालमा स्वागत गर्न तयार छु।’
यस्तै, मोदीले गत वर्ष लुम्बिनीको भ्रमण गर्नुभएको थियो।