
काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठब ११ः११ बजे बस्दै छ ।
प्रतिनिधि सभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुँदैछ ।
आजको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै, बजेटपछिको राष्ट्रिय सभा पनि प्रतिनिधि सभा जस्तै अवरुद्ध भएको थियो ।