सेयर बजारमा हरियाली, कारोबार रकम डेढ अर्ब माथि

काठमाडौं । सेयर बजारमा एकाएक हरियाली छाएको छ। नेप्से परिसूचक ४४ दशमलव ३० अंकले बढेर १९८६ दशमलव ९९ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स ७ दशमलव ७३ अंकले बढेर ३८१ दशमलव ६४ विन्दुमा अडिएको छ।

यसदिन २७८ कम्पनीको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँको सेयर खरिदबिक्री भयो। हिजो नेप्से परिसूचक १० दशमलव २३ अंकले बढेको थियो । सो दिन १ अर्ब ७ करोड २२ लाख बराबरको सेयर कारोबार भएको थियो।

आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। थ्री स्टार हाइड्रो पावर र मेन्छियाम हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस्तै, आज मोलुङ हाइड्रोपावर र सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको सेयर मूल्य ९ प्रतिशत बढिले वृद्धि भयो। हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर मूल्य भने ७ दशमलव ७२ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा साल्ट ट्रेडिङ कर्पोरेसन शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ६२ करोड रुपैयाँ बढिको सेयर कारोबार भयो। यसैगरी एभरेष्ट बैंकको ५ करोड ७१ लाख र सोल्टी होटलको ५ करोड २४ लाख मूल्य बराबरको सेयर किनबेच भयो।

कारोबारमा आएका १३ वटै उपसमूहको सूचक भने सकारात्मक देखिएको छ। ट्रेडिङ ,होटल्स एन्ड टुरिजम र फाइनान्स उपसमूहको सूचक ३ प्रतिशत बढीले बढेको हो। आज २१२ कम्पनीको मूल्य बढ्दा ११ को मात्रै घट्यो।

Back to top button