पार्टीका १४ सांसदलाई केन्द्रीय समिति सदस्यमा मनोनीत गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका १४ सांसदलाई केन्द्रीय समितिमा मनोनीत गरेको छ । महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कमिटीमा नरहेका १४ सांसदलाई मनोनीत गरेको हो ।

यसअघि सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्यालसहित ६ सांसद मात्रै केन्द्रीय समितिमा हुनुहुन्थ्यो । केन्द्रीय समिति बैठक विस्तार गरेपछि ५२ जनाको समिति बनेको छ ।

Back to top button