लोकतन्त्रलाई सुदृढ बनाउन कांग्रेसले भूमिका खेल्नुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सुदृढ बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

आज स्वर्गीय कृष्णप्रसाद भट्टराईको जन्मदिनको उपलक्ष्यमा आयोजित विमर्श सभालाई सम्बोधन गर्दै उहाँले अहिले गणतन्त्र कमजोर पार्ने कुरा भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।

उहाँले गणतन्त्र र लोकतन्त्रलाई सुढृढ बनाउन कांग्रेसले रचनात्मक भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो । लोकतन्त्र ल्याउन भट्टराईको पनि योगदान रहेको धारणा राख्नुभयो।

सभापति देउवाले भट्टराईको अनुसन्धान गरेर किताब वा भट्टराईको विषयमा केहि न केहि निकाल्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले भट्टराईले गरेको राजनीतिक योगदानको प्रशंसा गर्नुभयो।

उहाँले भट्टराई हिँडेको बाटोमा नेपाली कांग्रेसलाई लैजानुपर्ने धारणा राख्नुभयो ।

Back to top button