इलाममा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न: ५७ प्रतिशत मत खस्यो 

इलाम । इलाम क्षेत्र नं २ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । कुल मतदाताको ५७ प्रतिशत मतदान भएको छ ।  जिल्ला अधिकारी इन्द्रदेव यादवले मतदान शान्तिपूर्ण, भयरहित, निश्पक्ष र स्वच्छ रुपमा सकिएको बताउनुभयो ।
विहान ७ बजेबाट सुरु भएको मतदान गर्ने समय साँझ ५ बजे सकिएको हो । एक लाख १५ हजार ८ सय ८९ मतदाता भएको यस क्षेत्रमा ६६ हजार मत खसेको छ ।

मतपेटिका सङ्कलन गरेर इलाम बजारस्थित सिटी हलमा राखिने र आजै रातीदेखी गणनाको तयारी छ। सिटी हलमा तारजाली सहित सिसी क्यामेरा जडान गरिएको छ। मतगणना दुई ठाउँमा गर्ने तयारी छ ।

१२ राजनीतिक दलका १२ र ७ स्वतन्त्र गरि १९ जना उम्मेद्वार छन् । यसपटक ५ सय ४७ जना मतदाता थप भएका थिए जिल्लाका ६ ओटा स्थानीय तहका ४२ ओटा वडामा उपनिर्वाचन भएको हो ।

 

चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र देउमाइ नगरपालिका पूरै तथा इलाम नगरपालिका (१० ओटा वडाबाहेक) र माइ नगरपालिकाका–६, ७ र ८ वडा पर्दछन् ।

७९ ओटा मतदानस्थल र १ सय ४९ ओटा मतदान केन्द्र तोकिएको थियो । सबै मतदान केन्द्रलाई अति सम्वेदनशीलमा राखेको सुरक्षा समितिले यसपटक निर्वाचन सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था अपनाएको थियो । निर्वाचनमा ७ सय ४५ जना कर्मचारी, १ हजार ५ सय २३ जना नेपाल प्रहरी, ७ सय १० जना सशस्त्र प्रहरी र ७ सय नेपाली सेना र अनुसन्धानका १५ जना शक्ति परिचालन गरिएको छन् ।

 

राती करिब १० बजे सम्ममा सबै केन्द्रहरुबाट मतपेटिका सदरमुकाम आइसक्ने र सकेसम्म आजैबाट मतगणनाका विषयमा निर्णय हुने प्रजिअ यादवले बताउनुभयो । इलाम– २ मा एक सय ४९ मतदान केन्द्र  थिए ।

Back to top button