रास्वपाको ५६ वडामा वडा अधिवेशन शुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम वडा अधिवेशन शुरु भएको छ । आज रास्वपाले ५६ वडाहरुमा प्रथम वडा अधिवेशन शुरु गरेको हो ।

कोशी प्रदेशको १८ वटा, बाग्मति प्रदेशको १० वटा, गण्डकी प्रदेशको १६ वटा, लुम्बीनी प्रदेशको ७ वटा र सुदुरपश्चिम प्रदेशको ५ वटा वडाहरुमा आज अधिवेशन शुरु भएको प्रवक्ता मुकुल ढकालले बताउनुभयो । वडा अधिवेशनका लागि पार्टीका सदस्य खटाइएका छन् ।

पार्टी उपसभापति डिपी अर्याल चितवनका वडाहरुको अधिवेशनमा, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी बुढानिलकण्ठका वडामा, केन्द्रीय सदस्य सांसद गणेश पराजुली काठमाडौं अन्य पदाधिकारीहरु विभिन्न वडामा अनुगमनको लागि खटिएका छन्।

यस्तै, प्रदेश समितिका सदस्यहरुलाई निर्वाचन आयोगले पर्यबेक्षणको लागि विभिन्न वडाहरुमा खटाएको रास्वपाले जनाएको छ । रास्वपाका अनुसार वडाहरुमा नियमित प्रथम अधिवेशनको कार्यक्रम हुने छ ।

Back to top button