रास्वपाको सचिवालय बैठक सिंहदरबारमा जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक सचिवालयको बैठक बोलाएको छ ।

आज दिउँसो २ बजे सचिवालयको बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो । सचिवालय बैठक सिंहदरबारमा बोलाइएको छ ।

बैठकमा दैनिक कार्यसञ्चालन सम्बन्धी निर्णय र समसायिक विषयहरु छलफलका एजेण्डा रहेको महामन्त्री ढकालले जानकारी गराउनुभयो ।

बैठक छलफलका थप एजेण्डामा लेबी, सदस्यता लगायत रहेको सह प्रवक्ता प्रतिभा रावलले जानकारी दिनुभयो ।

महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय समितिको बैठकले सचिवालय बनाउने निर्णय गरेको थियो । रास्वपाको सचिवालयमा १२ जना हुने व्यवस्था छ ।

Back to top button