रास्वपाका सभापति लामिछासँग चिनियाँ राजदूत सोङ्को भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ले आज भेटवार्ता गर्नुभएको छ ।

चिनियाँ राजदूत सोङले पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेसहितका सांसदहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालय वनस्थलीमा भेट गर्नुभएको हो ।

भेटमा पार्टीले गरेको ३ दिने दबाब यात्रा, पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्रा क्रममा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने कार्यक्रमका विषयमा कुरा भएको रास्वपाले जनाएको छ ।

उनीहरुले सडक निर्माण थप ढिलाइ नहुन चलिनु पर्ने कदम र निर्वाह गरिनुपर्ने भूमिकाबारे कुराकानी भएको छ। आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत सोङले प्रतिबद्धता जनाउनुभएको छ ।

भैटमा प्रतिनिधिसभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, प्रतिनिधिसभा सदस्य तथा पार्टीको पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगीलगायत हुनुहुन्थ्यो।

Back to top button