देउवा धुम्बाराहीबाट आफ्नै निवास बूढानीलकण्ठमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धुम्बाराहीस्थित भाडाको घरबाट आफ्नै निवास बूढानीलकण्ठमा सर्नुभएको छ । सभापति देउवा आज आफ्नै निवासमा सर्नुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो ।

गत पुस १० मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट सिधै धुम्बाराहीमा भाडाको निवासमा सर्नुभएको थियो ।

बूढानीलकण्ठस्थित निवास मर्मत सम्भार गर्नुपरेकाले उहाँ भाडाको घरमा सर्नुभएको थियो ।

यस्तै, २०७८ असारमा गठबन्धनबाट सरकार बनेपछि देउवाले बूढानीलकण्ठको निवास छोड्नुभएको थियो। घर निर्माणको कार्य ६ महिनामा सकिने भनिए पनि एकवर्ष बढी लागेको थियो ।

Back to top button