राम मन्दिरमा प्राण प्रतिष्ठा सम्पन्न

काठमाडौं । भारतको अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा सम्पन्न भएको छ । आज ५ सय वर्षपछि भगवान रामलाई दिव्य मन्दिरमा प्रवेश गराइएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गरेर भगवान रामलाई मन्दिरमा प्रवेश गराउनुभएको हो ।

प्राण प्रतिष्ठा समारोहमा प्रधानमन्त्री मोदीसहित, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, बलिउडका अभिनेता–अभिनेत्री, व्यपारी र सन्तमहाजनहरूको उपस्थिति रहेको थियो। अयोध्यालाई हजारौं क्विन्टल फूलले सजाइएको भारतीय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन् ।

प्राण प्रतिष्ठा समारोहमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले भगवान राम अब टेन्टमा नभइ दिव्य मन्दिरमा बस्ने बताउनुभयो। ‘सदियौंदेखिको प्रखाइबाट रामले मन्दिर पाएका छन्। यो क्षण अलौकिक र पवित्र छ। यो एउटा तारिखमात्र होइन, नयाँ कालचत्रको उदगम पनि हो। श्रीरामको हाम्रो सबैमा आशिर्वाद छ,’ उहाँले भन्नुभयो।

उहाँले राम मन्दिरले आगोलाई नभएर ऊर्जाको जन्म दिएको बताउनुभयो। ‘राम आगो होइन, राम ऊर्जा है। राम विवाद होइन, राम समाधान हो। राम हाम्रोमात्र होइन, राम सबैको हो। राम वर्तमानमात्र होइन, राम अन्नतकाल हो,’ उहाँले भन्नुभयो ।

उहाँले यो मन्दिर देव मन्दिरमात्र नभएर भारतको दीगदर्शनको मन्दिर हो भएको बताउनुभयो। ‘राम भारतको आस्था हो, भारतको आधार हो, भारतको विचार हो, भारतको विधान हो। राम भारतको चिन्तन हो, नीति र निरन्तररता हो,’ उहाँले भन्नुभयो।

Back to top button