कांग्रेस नेतृ द्रौपदा शर्मा पोखरेलको निधन

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको आज निधन भएको छ । बिहान ४ बजे १ सय २ वर्षीया पोखरेलको काठमाडौंको सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो ।

२००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनामा उहाँको योगदान थियो । उहाँ २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला संघको अध्यक्ष बन्नुभएको थियो ।

उहाँको आजै पशुपतिमा अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्र पोख्रेलले जानकारी दिनुभयो । द्रौपदा नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत हुनुभएको थियो। उहाँ गोवर्द्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक हुनुहुन्थ्यो ।

यस्तै, उहाँ स्वर्गीय गोवर्द्धन शर्मा पोखरेलको पत्नी हो । उहाँ संविधानसभा सदस्य रामचन्द्र पोखरेल, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, योजना आयोगको पूर्वउपाध्यक्ष डा.जगदीशचन्द्र पोखरेल र सुवास पोख्रेल तथा छोरीहरु प्रियंवदा र सत्यवतीको आमा हो ।

Back to top button