कांग्रेस चीनसँग सहकार्य गर्न चाहन्छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले आफ्नो पार्टी चीनसँग सहकार्य गर्न चाहेको बताउनुभएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान सहित काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले कांग्रेसले चीनसँग सहकार्य गर्न चाहेको बताउनुभएको हो ।

चीनको आर्थिक विकास प्रशंसायोग्य रहेको बताउँदै उहाँले नेपालले विकासमा सहकार्य गर्न चाहेको बताउनुभयो ।

नेपालमा भूकम्प जाँदा र कोभिडको समयमा चीनले गरेको सहयोग सम्झिंदै नेता कोइरालाले नेपाल–चीन सम्बन्ध पञ्चशीलमा आधारित रहेको बताउनुभयो ।

Back to top button