कांग्रेसको प्रमुख नीति भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्नु हो : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नु नै कांग्रेसको प्रमुख नीति हुने बताउनुभएको छ ।

आज पार्टीको महासमिति बैठकमा पार्टीको नीतिगत प्रतिवद्धता प्रस्तुत गर्दै उहाँले देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन स्थापना गर्नु कांग्रेसको प्रमुख नीति भएको बताउनुभयो ।

‘सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर भएर थप काम गर्नुपर्ने आवश्यकता छ । यसकाप्रति नेपाली काँगेस आफ्ना प्रतिवद्धता दोहोर्‍याउन चाहन्छ’ उहाँले भन्नुभयो,‘देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्न नेपाली कांग्रेसको प्रमुख निति मध्येको प्रमुख निति हो हुनेछ ।’

उहाँले सुशासन तथा सदाचार नीति तर्जुमा, बलियो भ्रष्टाचार ऐनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनलाई नेपाली काँग्रेसले मुल नीतिको रुपमा स्वीकार गर्ने बताउनुभयो ।

उपसभापति खड्काले समाजमा असमानता बढाउने प्रमुख कारक कुशासन र भ्रष्टाचार भएको भन्दै समुन्नति, सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण एक अर्काका पूरक भएको बताउनुभयो । उहाँले कांग्रेसले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताका साथ अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट र संकल्प गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले वर्तमान सरकारले सुशासनको सम्बन्धमा केही सकारात्मक कदम चालेको भन्दै सो कदम सुखद् र आशालाग्दो संकेत भएको उल्लेख गर्नुभयो ।

उपसभापति खड्काले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर भएर थप काम गर्नुपर्ने आवश्यकता रहेको र यसका लागि कांग्रेस प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले संविधानको आधारभुत रचनामा प्रतिकुल असर नपर्ने गरी आवश्यकताअनुसार संविधान संशोधन गर्न नेपाली काँग्रेस खुला रहेको स्पष्ट पार्नुभयो ।

यस्तै, उहाँले संविधान संशोधनको आवश्यक नेतृत्व पनि नेपाली कांग्रेस आफैँले लिने बताउनुभयो ।

Back to top button