सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा फिर्ता ल्याउनुपर्ने एमालेको संकल्प प्रस्ताव

कास्की । नेकपा एमालेले नवलपरासी पूर्वको सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा फिर्ता ल्याउनुपर्ने मागसहितको संकल्प प्रस्ताव दर्ता गरेको छ ।

गण्डकी प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गर्दै एमालेले लुम्बिनी प्रदेशबाट गण्डकी प्रदेशमा सुस्ता गाउँपालिकालाई फिर्ता ल्याउनुपर्ने माग गरेको हो ।

संविधान निर्माण तथा राज्यको पुनर्संरचना गर्ने क्रममा नवलपरासी जिल्लालाई विभाजन गरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गण्डकी प्रदेशमा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लुम्बिनी प्रदेशमा रहने गरी भूगोल निर्धारण गरिएको थियो । सोही क्रममा सुस्ता गाउँपालिका लुम्बिनीमा परेकाले अब गण्डकीमै फिर्ता ल्याउनुपर्ने भन्दै एमालेले आज संकल्प प्रस्ताव दर्ता गरेको हो ।

Back to top button