राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर नयाँ सत्ता गठबन्धन बनेको जानकारी गराउनुभएको छ ।

कांग्रेससहितको गठबन्धन तोडेर एमाले र रास्वपासहितको सत्ता समीकरण बनाएपछि प्रधानमन्त्री प्रचण्डले शितल निवास पुगेर त्यसको जानकारी राष्ट्रपतिलाई गराउनुभएको हो ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनको तयारीबारे पनि जानकारी गराउनुभएको छ ।

Back to top button