रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने छ ।

प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभाको बझाङ क्षेत्र नम्बर–१ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको तयारीको विषयमा बैठकमा छलफल हुने रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो ।

चार वटा मन्त्रालयसहित सरकारमा सहभागी भएको रास्वपामा उपनिर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार उठाउने कि नउठाउने भन्नेमा छलफल चल्दै आएको छ ।

इलाम क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएकाले र बझाङ प्रदेशसभा क्षेत्र नम्बर–१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको छ ।

Back to top button