सुनको मूल्य आज हालसम्मकै उच्चः एकै दिन तोलामा २ हजार ६ सय बढ्यो

काठमाडौं । सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ । आज एकै दिन सुनको मूल्य प्रतितोला २ हजार ६ सयले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २७ हजार ८ सयमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख २७ हजार २ सय कायम भएको छ ।

हिजो छापावल सुन प्रतितोला १ लाख २५ हजार २ सयमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि बढेर हालसम्मकै उच्च भएको छ । चाँदी आज प्रतितोला १ हजार ५ सय ५५ मा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रति तोला १ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो।

Back to top button