धनगढीका मेयर गोपाल हमालकी हराएकी छोरी सम्पर्कमा

काठमाडौं । भारतको गोवामा सम्पर्कविहीन भएकी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती हमाल फेला पर्नुभएको छ ।

मेयर हमालले छोरी फेला परेको र उहाँको स्वास्थ्य अवस्था कमजोर रहेको सामाजिक सञ्जालबाट जानकारी गराउनुभएको छ । हमालले छोरीको खोजि कार्यमा सहयोग गर्ने गोवाहमा रहेका नेपालीलाई धन्यवाद दिनुभएको छ ।

सोमबारदेखि छोरी सम्पर्कविहीन भएपछि हमालले खोजी कार्यमा सहयोग गरिदिन गोवामा रहेका नेपालीलाई आग्रह गर्नुभएको थियो ।

उहाँ सोमबार भारतको जोरबा वाइब आस्बिन ब्रीजबाट सम्पर्कविहीन हुनुभएको थियो । आरती ओशो साधक हो । उहाँ केही महिनादेखि ओशो ध्यान गर्न गोवा बस्दै आउनुभएको थियो ।

Back to top button