राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिनुभएको छ । उहाँले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा बुझाउनुभएको हो ।

उहाँ २०७९ माघ ३ गते राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

सत्ता गठबन्धनमा अध्यक्ष नेकपा माओवादी केन्द्रबाट दाहाल निर्वाचित भएपछि सहमतिमा उहाँले राजीनामा दिनुभएको हो ।

नयाँ सत्ता समीकरण हुँदा चार दलबीच राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष एमालेले पाउने सहमति भएको थियो । यद्यपि एकीकृत समाजवादी पनि नयाँ सत्तासमीकरणमा सहभागी भएर हस्ताक्षर गर्दा भने उपाध्यक्षको विषय हटाइएको थियो ।

Back to top button