काठमाडौंको छाउनीस्थित घरमा डाक्टर धौभडेल मृत फेला

काठमाडौं । डाक्टर प्रतिभा धौभडेल छाउनीस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिनुभएको छ । जिल्ला अस्पताल धादिङमा कार्यरत धौभडेल आफ्नै कोठाको बाथरुममा मृत भेटिनुभएको हो ।

बिहीबार मृत अवस्थामा फेला पर्नुभएकी डाक्टर धौभडेलको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बतानुभयो ।

३४ वर्षीया धौभडेल सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला पर्नुभएको थियो । उहाँका श्रीमान पनि डाक्टर नै रहेको प्रहरीले जनाएको छ ।

Back to top button