कांग्रेस केही समय पछि पुनः सरकारमा आउँछ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पुनः सरकारमा पुग्ने दाबी गर्नुभएको छ ।

संवाद यात्राका क्रममा कपिलवस्तुको लबनीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पार्टी फेरि सरकारमा पुग्ने बताउनुभएको हो ।

‘भर्खर त गएको हो । एक डेढ हप्ता भयो । फेरि आइहाल्छ । धेरै पनि छैन । केही समय पछि फेरि आउँछ । सरकारले त कांग्रेसलाई पछ्याइहाल्छ,’ उहाँले भन्नुभयो ।

देशलाई सम्हालेर निराशाबाट बाहिर निकाल्न सक्ने कांग्रेस मात्रै भएको उहाँले दाबी गर्नुभयो । एमाले, माओवादी, नयाँ दलले निराशाबाट देशलाई बाहिर निकाल्न नसक्ने उहाँले बताउनुभयो । ‘नेकपा एमालेसँग आन्दोलन गर्ने क्षमता छ । मधेसी पार्टीहरुसँग नागकिलाई उद्धेलित बनाउने क्षमता छ । नयाँ पार्टीसँग हल्ला गर्ने क्षमता होला,’ उहाँले भन्नुभयो ।

२०८२ मा पार्टीको महाधिवेशन हुने उल्लेख गर्दै महामन्त्री थापाले महाधिवेशनबाट पार्टीको विधानमा केही विषय संशोधन गर्नुपर्ने बताउनुभयो ।

‘पार्टीको सदस्यताका लागि अनुदार नबनौं । अरु पार्टीले फर्म भर्नासाथ सदस्यता दिन्छ,’ महामन्त्री थापाले भन्नुभयो,‘क्रियाशील सदस्यता लिन तीनपुस्ते खुलाउनुपर्ने, कुर्नुपर्ने भन्यौं भने अबको नौजवानले कांग्रेसको सदस्यता लिन कुर्लान् ?’

Back to top button