सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । भने ५२ जना घाइते भएका छन् ।

दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान ७ बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।

दुर्घटनामा ३ जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेहरुलाई उपचारका लागि बाह्रबिसे तर्फ लैजाने क्रम जारी छ ।

Back to top button