दुई दिने राजकीय भ्रमण सकेर कतारी राजा स्वदेश फिर्ता

काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहनुभएका कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी स्वदेश प्रस्थान गर्नुभएको छ ।

हिजो काठमाडौं आएको उहाँ नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएको हो ।

उहाँलाई विदाई गर्न विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री, परराष्ट्र मन्त्रालयसहितका उच्च पदस्थ सरकारी अधिकारीहरू विमानस्थलम पुग्नुभएको थियो ।

Back to top button