हुम्ला केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर आज बिहान ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १० मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पले पु¥याएको क्षतिको विवरण प्राप्त भएको छैन ।

Back to top button