कार्कीको रिट दर्ता आज टुङ्गो लाग्ने

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरिएका दानबहादुर कार्कीले दिएको रिट निवेदन दर्ताको विषय टुंगो आज लाग्ने भएको छ ।

उहाँले सरकारको उक्त निर्णय विरुद्ध हिजो सर्वोच्च जानुभएको थियो । सर्वोच्च प्रशासनले हिजो रिट अध्ययनका लागि राखेको थियो । उक्त अध्ययनपछि रिट दर्ता गर्ने नगर्ने विषय आज टुङ्गो लाग्ने बताइएको छ ।

बुधबार सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट कार्कीलाई हटाएर एआईजी मनोजकुमार केसीलाई आईजीपीमा नियुक्त गरेको थियो । केसीले बुधबारबाटै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसक्नुभएको छ । कार्कीको रिट आज दर्ता भए तिहार बिदापछि प्रारम्भिक सुनुवाइ हुनेछ।

Back to top button