काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा थप ३ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ११ हजार ६६ जनामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा ३ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ३ जना संक्रमितको मृत्यु भएको छ। यस्तै आज ३ सय ८९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ४ सय ९८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।