काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका लागि आवश्यक नीति एमालेसँग मात्र रहेको बताउनुभएको छ ।
स्थानीय तह प्रमुख तथा उपप्रमुखका लागि राजधानीमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले एमाले बाहेक अन्य दलहरुसँग कुनै पनि विषयमा नीति नभएको जिकिर गर्नुभयो ।
अन्य दलको राष्ट्रियताको विषयमा नीति के हो ? वैदेशिक सम्बन्धबारे नीति के हो ? वैदेशिक सहायता वा ऋणको सन्दर्भमा के हो ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।
उहाँले अन्य दलहरुले कुनै पनि विषयमा आफ्नो नीति बनाउन नसक्ने र एमालेका नीतिमा अनेक टिका टिप्पणी गर्ने गरेको आरोप लगाउनुभयो ।
उहाँले थप्दै भन्नुभयो,‘वैदेशिक सहायता र लगानीको सन्दर्भमा नीति के हो ? व्यापार नीति के हो ? छैन ।’ उहाँले एमालेले अघि सारेका नीतिलाई ह्रस्व लेख्नुपर्नेमा दीर्घ लेख्यो, कमा दिनु पर्ने ठाउँमा हटाईदिएर पूर्णबिराम हटाएर कसरी असफल बनाउन सकिन्छ ? कसरी विकृत रुपमा व्याख्या गर्न सकिन्छ भन्नेमा मात्र लागेको टिप्पणि गर्नुभयो ।
उहाँले आफूहरूले लिएको नीतिले वैकल्पिक राजनीतिक, आर्थिक र वैदेशिक सम्बन्धी नीति दिन सक्ने तर अन्यले तोडमोड गरेर विकृत पार्ने गरेको बताउनुभएको हो ।
यस्तै एमाले अध्यक्ष ओलीले शेरबहादुर देउवा कहिले पनि निर्वाचनबाट निर्वाचित प्रधानमन्त्री नभएको भन्दै सधै जालझेल र तिकडमबाट बनेको भन्दै आलोचना गर्नुभएको छ ।