काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय १५ जनाको परीक्षण गर्दा ७८ जनामा संक्रमण भएको हो ।
जसमध्ये १ हजार ३ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र २ हजार १ सय ३१ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जना गरी ७८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५०८ पुगेको छ । पछिल्लो २४ घण्टामा २३ जना संक्रमणमुक्त भएका छन् ।
आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६ सय ३५ पुगेको छ ।
योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ पुगेको छ भने ९ लाख ६७ हजार ५ सय ९८ जना संक्रमणमुक्त भएका छन् ।