
बुटवल । लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको एक सिटका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका दीर्घनारायण पाण्डे विजयी हुनुभएको छ । पाण्डे नेपाली कांग्रेससहित विपक्षी गठबन्धनको साझा उम्मेदवार हुनुहुन्थ्यो ।
उहाँले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्नुभएको हो । जम्मा २ सय ९७ मत खसेकोमा पाण्डेले प्रदेश सभातर्फ ४२ र स्थानीय तहतर्फ १ सय १८ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका उम्मेदवार खड्काले प्रदेश सभातर्फ ४० र स्थानीय तहतर्फ ९४ मत प्राप्त गर्नुभएको छ । प्रदेशतर्फ १ र स्थानीय तर्फ २ मत बदर भएको छ ।
विजयी हुनुभएका पाण्डेले आफ्नो जीतलाई लोकतन्त्र र प्रजातन्त्रको जीत भएको प्रतिकृया दिनुभएको छ । उहाँले राष्ट्रियसभामा गएर संघीयता, गणतन्त्रलगायतका मुद्दाहरूलाई शसक्त ढङ्गले उठाउने बताउनुभएको छ ।