
इन्डोनेसियामा पुन कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न थालेको छ । २४ घण्टामा हिजो थप सङ्क्रमितको सङ्ख्या ९ हजार ८ सय ६८ वुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो तथ्यांक अनुसार इन्डोनेसियामा अहिलेसम्म १९ लाख ११ हजार ३ सय ५८ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमण भई निको हुनेको सङ्ख्या ४ हजार ६ सय ५५ रहेको बताइएको छ।
यो सङ्ख्या थप सङ्क्रमितको सङ्ख्याभन्दा झण्डै ५० प्रतिशतले कम हो। दक्षिणपूर्वी यस मुलुकमा अहिलेसम्म कूल १७ लाख ४५ हजार ९१ व्यक्ति सङ्क्रमणमुक्त भइसकेका छन्। इन्डोनेसियामा यो भाइरस २४ प्रान्तहरूमा फैलिएको बताइएको छ ।