छुट भएकालाई सहायक सामग्री वितरण

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्र भित्रका शारीरिक अपाङ्ता भएका व्यक्तिहरुका सहायक सामग्री वितरणका क्रममा छुट भएका एकजनालाई आज ट्राइसाइकल वितरण गरिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन र पथरीशनिश्चरे नगरपालिकाको सहकार्यमा अपाङ्ता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत सहायक सामग्री वितरण गरिएको हो ।

आज पथरी शनिश्चरे १ का जसबहादुर पाख्रिनलाई नगर उपप्रमुख यमुना विष्ट वास्तोला, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलसहितले ट्राइसाइकल वितरण गर्नुभएको हो ।

Back to top button