ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबिच हुनेछ भने दोस्रो खेल थ्रि स्टार र च्यासल युथ क्लव बिच हुदैछ ।

हिमालयन शेर्पा र संकटा बिचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ । यस्तै थ्रि स्टार र च्यासलबिचको खेल ४ः४५ बजे सुरु हुनेछ ।

लिगमा ए डिभिजनका १४ क्लबले प्रतिष्पर्धा गरिरहेका छन् । लिगको उद्घाटन खेलमा हिजो सातदोबाटो युथ क्लव र फ्रेन्ड्स क्लवले गोलरहित बराबरी खेलेका थिए ।

Back to top button