
चितवन । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमको मञ्च अत्याधुनिक निर्माण गरीरहेको छ । मञ्च निर्माणमा मात्रै ५० लाख खर्च गर्ने जनाइएको छ ।
अहिलेसम्मकै आकर्षक मञ्च बनाउने गरी खटिएको मञ्च व्यवस्थापन तथा स्वयंसेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले बताउनु भयो । मञ्च निर्माण गरीसक्दा ५० लाख खर्च लाग्ने अनुमा गरीएको उहाँले बताउनु भयो । १२० फिट लम्बाइ र ६० फिट चौडा भएको मञ्च निर्माण हुने उहाँले जानकारी दिनु भयो ।
चारवटा खण्ड रहने मञ्चको मुख्य भागमा स्थायी कमिटी सदस्य, स्वदेशी तथा विदेशी पाहुनाहरू बस्नेछन्। त्यसपछि दायाँ र बायाँ भागमा केन्द्रीय सदस्यहरू बस्ने र मञ्चको अगाडि रहेको भागमा कलाकारहरूले प्रस्तुति दिने छन्। कम्युनिस्ट पार्टी स्थापना भएको ७२ वर्ष भएकाले एकै पटक ७२ जना कलाकारको आर्केस्ट्रा (धुन दिने उपकरण)बाट राष्ट्रिय गानको धुन बजाइने छ। मञ्च निर्माणमा अहिले ५० जना स्वयंसेवक खटिएका छन्।
जमिनको सतह मुख्य मञ्चबाट ४० फिट टाढा सहभागीलाई राखिने छ।