एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित

सौराहा । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।

१० औं राष्ट्रिय महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि आज सम्पन्न मतदानमा प्रतिस्पर्धी डा. भीम रावललाई भारी मतान्तरले हराउँदै ओली अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

कुल खसेको २ हजार १ सय १४ मतमा ओलीले १ हजार ८सय ३७ मत प्राप्त गर्नुभएको छ भने अध्यक्षका अर्का प्रत्यासी डा. रावलले २ सय २३ मत प्राप्त गर्नुभएको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगले विद्युतीय मतदानको अन्तिम मतपरिणाम भने औपचारीक रुपमा सार्वजनिक गरिसकेको छैन । निर्वाचन आयोगका एक सदस्यका अनुसार ओली फराकिलो मतान्तरले निर्वाचित भएको पुष्टि गर्दै अब मुचुल्कामा हस्ताक्षर गरेपछि औपचारिकरुपमा सार्वजनिक गर्ने जानकारी दिनुभएको छ ।

बिहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो ।

Back to top button