थप १४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित संख्या ३३

काठमाडौं । थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार ४५ नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८५ र एन्टिजेनबाट ९ सय ६० नमुना परीक्षण गर्दा पीसीआरबाट २ र एन्टिजेनबाट १२ को रिपोर्ट पोजिटिभ आएको हो।
यो अवधिमा ४ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३३ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

Back to top button