कोशीको अवस्था आए संघियता खारेज गरिदिए हुन्छ : उप्रेती

विराटनगर । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश सचिव तथा प्रदेशसभा सदस्य गणेश उप्रेतीले कोशी प्रदेशकै अवस्था भए संघियता खारेज गर्दिए हुने बताउनुभएको छ ।

विराटनगरमा मानव अधिकार सम्बन्धी एक कार्यक्रममा बोल्दै उप्रेतीले कोशी प्रदेशको अवस्था देखिए देशमा संघियता आवश्यक नरहेको बताउनुभएको हो ।

प्रदेशसभा सदस्य उप्रेतीले काठमाण्डौंमा जुंगा हल्लाउदाँ प्रदेशमा सरकार परिवर्तन हुने संघियता आवश्यक नरहेको बताउनुभएको थियो ।

‘राप्रपाको एजेण्डामा आए भनेर धेरैले भन्नु होला’ उप्रेतीले भन्नुभयो,‘वडाध्यक्ष जतिको पनि अधिकार नभएको संघियता खारेज गर्दिए हुन्छ,काम छैन् ।’

उप्रतीले हालको संघियता राजा महेन्द्रको केन्द्रिय प्रशासित व्यवस्था जतिको पनि नरहेको बताउनुभएको थियो ।

Back to top button