नेकपा एसले मेची महाकाली जागरण अभियान चलाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले मेची महाकाली जागरण अभियान चलाउने भएको छ । शनिबार झापाको काँकडभिट्टाबाट सुरु हुने अभियान २७ असोजमा कञ्चनपुरमा पुगेर सकिनेछ ।

अभियानका क्रममा ठाउँ–ठाउँमा साना ठूला सभा गर्ने र आफ्ना एजेण्डाहरु जनतालाई सुनाउने एकीकृत समाजवादीले बताएको छ ।

आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने तय गरेको जानकारी दिँदै एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले भन्नुभयो,‘समृद्धि र समाजवादको आजको कार्यक्रम के हुनसक्छ भनेर बताउने, जनताको सुझाव लिएर अझ स्प्रष्टताका साथ आउन पहलकदमी लिएका छौं ।’

Back to top button