नेकपा एसद्वारा केन्द्रीय सचिवालय बैठक आह्वान

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ।

पार्टीको ६९औँ केन्द्रीय सचिवालय बैठक मंसिर १८ गते बिहान ११ बजे बस्नेगरी आह्वान गरिएको नेकपा एसका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिनुभयो।

उहाँका अनुसार उक्त बैठकमा राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल हुने छ । त्यसैगरी पार्टीको कार्यविभाजन समेटेर जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी–११) लगायतका विषयमा छलफल गर्ने तयारीसमेत रहेको उहाँले जानकारी दिनुभयो।

Back to top button