कांग्रेस बागमती प्रदेश सम्मेलन आज

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आज हुँदै छ । प्रदेशको पहिलो सम्मेलनमा केन्द्रित रहेको कांग्रेसले आज बागमती प्रदेशको सम्मेलन गर्न लागेको हो ।

सम्मेलन काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्ट भेन्युमा हुने छ । यो सम्मेलनमा स्थानीय तहलाई अधिकार सम्पन्न र थप जवाफदेही बनाउने गरी छलफल हुने कार्ययोजना छ ।

यसका साथै पार्टीको आन्तरिक निर्वाचन प्रणाली र राज्यको निर्वाचण प्रणालीलाई चुस्त र समावेशी बनाउने विषयमा पनि छलफल हुनेछ । यसअघि कांग्रेसले लुम्बिनी, गण्डकी र मधेश प्रदेशको सम्मेलन गरिसकेको छ ।

Back to top button