कांग्रेस मधेसको सम्मेलनमा नेता गुप्ता सम्मानित

जनकपुर । नेपाली कांग्रेस मधेस प्रदेशको सम्मेलनले प्रचार विभाग प्रमुख नितेशकुमार गुप्तालाई सम्मानित गरेको छ ।

पुस ५ र ६ गते भएको प्रदेश सम्मेलनको उत्कृष्ट प्रचार–प्रसार गरेकोमा प्रदेश सभापति कृष्णप्रसाद यादवले सम्मान गर्नुभएको हो। सम्मेलनको बन्दसत्रमा गुप्ताको कामको सबै नेताहरूले प्रशंसा गरेका थिए ।

शारीरिक अपांगताका भएपनि पार्टीको लागि गुप्ता अवरात्र खट्ने गरेको नेताहरूको भनाइ थियो ।

कांग्रेस मधेस प्रदेशले प्रदेश सम्मेलनको मैथली, भोजपुरी, नेपाली र बाजिका गरि चार स्थिानिय भाषामा र समाजिक संजाल विभिन्न सचारमाध्यमबाट प्रचार–प्रसार गरेको थियो ।

Back to top button