मिटरब्याज पीडितको समस्या समाधान गर्न अनेरास्ववियुको माग

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेराश्ववियुले मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले पूर्वमा कोशी प्रदेशको काँकरभिट्टादेखि पश्चिममा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर कञ्चनपुरबाट २३ दिन पैदल हिँडेर न्याय माग्दै काठमाडौं आएका पीडितहरुको माग पूरा गर्न सरकारसँग माग गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ,‘पूर्वमा कोशी प्रदेशको काँकरभिट्टादेखि पश्चिममा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर कञ्चनपुरबाट २३ दिन पैदल हिँडेर न्याय माग्दै देशभरका मिटर ब्याज पीडितहरु न्यााय माग्दै काठमाडौंसम्म आएकोमा मिटर ब्याज पीडितहरुको आन्दोलनप्रति अनेरास्ववियुको तर्फबाट समर्थन व्यक्त गर्दछौँ ।’

तत्काल मिटरब्याज पीडितहरुको समस्याप्रति गम्भीर बनेर समाधानका लागि अविलम्ब पहल गर्न माग गर्नुभएको छ ।

Back to top button