विवादित मन्त्रीहरुले तत्काल राजिनामा दिनुपर्छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले विवादित मन्त्रीहरुलाई तत्काल पदबाट राजिनामा दिन आग्रह गर्नुभएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सार्वजनिक पदमा बसेको मान्छेले हरेक कुराको जवाफ दिनुपर्ने बताउदै मन्त्रालयहरुमा भइरहेको अनियमितता बारेमा मन्त्रीहरु के गर्दैछन् भनेर प्रश्न गर्नुभएको छ ।

सांसद बास्कोटाले बालकुमारी प्रकरणमा भौतिक पूर्वाधार एवं यातायात मन्त्री प्रकाश ज्वाला, टेलिकम्युनिकेशन ट्राफिक मनिटर एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामस्क) प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्री (तत्कालीन सञ्चारमन्त्री) मोहन बस्नेत र रामग्राम प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

Back to top button