१० ओभरमा हङकङको ८४ रन, डेब्यु खेलमा आकाशद्वारा विकेट

काठमाडौं । नेपालविरुद्धको फ्रेन्डसिप कप टी–२० क्रिकेटको १० ओभर समाप्तिमा हङकङले २ विकेट क्षतीमा ८४ रन बनाएको छ । टस हारेर फिल्डिङको निम्तो पाएको घरेलु टोलीले ओपनर मार्टिन कोएट्जीको ३१ रनको योगदानमा ८४ रन बनाएको हो ।

१५ रनमा कप्तान निजाकत खानलाई गुमाएको हङकङले ३४ रनमा कोएट्जीलाई गुमाएको हो । खान शून्य रनमा आउट हुनुभयो । नेपालका लागि आरिफ शेख र डेब्यु खेल खेलिरहननुभएका आकाश चन्दले विकेट लिनुभयो ।

हङकङको मिसन रोड ग्राउन्डमा शनिबार नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो । मुख्य प्रशिक्षक मोन्टी देसाईले प्लेईङ सेटमा बिनोद भण्डारीलाई मौका दिनुभएको छ भने युवा खेलाडीहरुलाई अवसर दिनुभएको छ । नेपाली टिममा कप्ता रोहित पौडेलसहित कुशल भुर्तेल, आकाश चन्द,रासिद खान, सागर ढकाल, प्रतिस जिसी, गुलसन झा, सन्दीप जोरा, आरिफ शेख र विवेक यादव हुनुहुन्छ ।

हङकङ भ्रमणमा रहेको नेपालले हङकङसँग एकमात्र टी–२० फ्रेन्डसिप म्याच खेल्नेछ भने हङकङ र पपुवा न्युगिनीसँग त्रिकोणात्मक क्रिकेट सिरिज समेत खेल्ने तालिका छ ।

Back to top button