फ्रेन्डसिप कप टी–२० क्रिकेटः हङकङविरुद्ध नेपालले लियो ४ विकेट

काठमाडौं । फ्रेन्डसिप कप टी–२० क्रिकेटमा नेपालले हङकङको ४ विकेट लिएको छ । टस हारेर फिल्डिङको निम्तो पाएको घरेलु टोली हङकङले ४ विकेट गुमाएको हो ।

१३ दशमलव ३ ओभरमा नेपालका लागि रासिद खानले हङकङका जेमी एटकिन्सनको विकेट लिनुभएको हो । उहाँ शून्य रनमा आउट हुनुभयो । त्यस अगाडि १२ दशमलव ४ ओभरमा प्रतिश जिसीको बलमा हङकङका अन्श्या रथ क्याच आउट हुनुभएको थियो । रथले ३२ बलमा ३९ रन बनाउनुभयो ।

हङकङले १५ रनमा कप्तान निजाकत खानलाई गुमाएको हङकङले ३४ रनमा कोएट्जीलाई गुमाएको हो। खान शून्य रनमा आउट हुनुभयो । नेपालका लागि आरिफ शेख र डेब्यु खेल खेलिरहनुभएका आकाश चन्दले विकेट लिनुभयो ।

हङकङका लागि बाबर हायातले अर्धसतक प्रहार गर्नुभएको छ । अहिले हङकङले १४ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा १२९ रन बनाएको छ । हायात ५२ र आजियाज खानले २ रन बनाएर खेलिरहनुभएको छ ।

हङकङको मिसन रोड ग्राउन्डमा आज नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो। मुख्य प्रशिक्षक मोन्टी देसाईले प्लेईङ सेटमा बिनोद भण्डारीलाई मौका दिनुभएको छ भने युवा खेलाडीहरुलाई अवसर दिनुभएको छ । नेपाली टिममा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आकाश चन्द, रासिद खान, सागर ढकाल, प्रतिस जिसी, गुलसन झा, सन्दीप जोरा, आरिफ शेख र विवेक यादव हुनुहुन्छ ।

हङकङ भ्रमणमा रहेको नेपालले हङकङसँग एकमात्र टी–२० फ्रेन्डसिप म्याच खेल्नेछ भने हङकङ र पपुवा न्युगिनीसँग त्रिकोणात्मक क्रिकेट सिरिज समेत खेल्ने तालिका छ ।

Back to top button