पहिलो बलमै करण केसीद्वारा विकेट

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले सुखद सुरूवात गरेको छ । हङकङस्थित टिनक्वङ रोड खेल मैदानमा जारी खेलमा करण केसीले पहिलो बलमै हङहङको एक विकेट लिनुभएको हो ।

उहाँले हङहङका मार्टिन कोटेजेलाई आउट गराउनुभएको हो । घुरेलु टोली हङहङविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम हुनुहुन्छ ।

Back to top button