रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा गएका मन्त्रीसँग प्रत्येक आइतबार छलफल गर्ने भएको छ ।

पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको कार्य प्रभावकारी बनाउनका लागि मन्त्रीसँग सातामा एक पटक छलफल राखिएको रास्वपाले जनाएको छ ।

‘पार्टीको एउटा फोर्स मन्त्रालयमा केन्द्रित हुने, एउटा फोर्स संसदमा केन्द्रीत गर्न लागेको र अर्को फोर्स पार्टीका अन्य काममा लगाउँदै छौं,’ महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल ढकालले भन्नुभयो,‘चार जना मन्त्रीसँग नियमति अब छलफल गछौं । हामीले सम्हालेका मन्त्रालयमा प्रभावकारी कार्य गर्नका लागि पार्टीसँगको छलफल राखेका हौं ।’

मन्त्रीसँगको छलफलमा उपसभापति डा.स्वणिर्म वाग्ले र महामन्त्री ढकाल सहभागी हुनुहुने छ । पार्टी सभापति रवि लामिछानेको रास्वपामा सरकारमा सहभागी भएको छ । सभापति रविले गृह, उपसभापति डीपी अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा, सहमहामन्त्री सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बन्नुभएको छ ।

Back to top button