मोरङको बुढीगंगा–१ मा शनिवार स्वास्थ्य शिविर सञ्चालन हुने

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित पुष्पलाल चोकमा भोली स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

दिव्य ज्योती अस्पताल प्रा.लि. विराटनगरको आयोजना र नेकपा एमाले बुढीगंगाा–१ पुष्पलालचोक कमिटीको व्यवस्थापनमा स्वास्थ्य शिविर हुन लागेको हो ।

पुष्पलालचोक स्थित मानगढमा रहेको पञ्चश्वर मन्दिरमा सञ्चालन हुने शिविरमा आँखा, नाक तथा कानको निशुल्क स्वाथ्य परिक्षण हुने भएको हो ।

शिविर भोली विहान १० देखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । स्वास्थ्य परिक्षणपछि शल्यक्रिया गर्नुपर्ने विरामीलाई ५० प्रतिशत छुट दिइने अस्पतालले जनाएको छ ।

Back to top button