राष्ट्रियसभा बैठक बस्दै, के छन् एजेन्डाहरू?

काठमाडौं । संघीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक बस्दै छ । आज दिउँसो १ बजेर १५ मिनेटमा बैठक बस्दैछ ।

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

अध्यक्ष दाहालले राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभा उपाध्यक्षको पदबाट दिनुभएको राजीनामासम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूचीमा उल्लेख छ।

यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन,२०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

Back to top button