मधेशका नवनियुक्त मुख्यमन्त्री यादवद्वारा शपथ ग्रहण

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आज प्रदेश प्रमुख डा.सुरेन्द्रलाभ कर्णले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । मुख्यमन्त्री यादवले मैथिली भाषामा पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

प्रदेश प्रमुख कर्णले हिजो जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश संसदीय दलका नेता यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनका लागि आह्वान गरिएकोमा कसैको दावी नपुगेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादव मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

यादवको मुख्यमन्त्रीका रुपमा यो दोस्रो कार्यकाल हो । यसअघि उहाँ प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बन्नुभएको थियो । प्रदेश सभाको पहिलो कार्यकालमा उहाँ सभामुख रहनुभएको थियो ।

Back to top button